२०८१ असार ३ गते आइतवार

तुलसीपुरबाट ७४ हजार रकमसहित ५ जुवाडे पक्राउ



,कात्तिक २३ तुलसीपुरबाट ७४ हजार रकमसहित पाँच जुवाडे पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका – ५ बसपार्कस्थित ५१ बर्षीय तोभान केसीको घरमा छापा मारेर प्रहरीले ७४ हजार ८ सय ८० रुपैंयासहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्ने अन्यमा तुलसीपुर – ५ कै ४४ बर्षीय दिलिपप्रशाद कलवार, सोही ठाउँकै ४३ बर्षीय राजु कुरेसी, ३२ बर्षीय बब्लु कुरेसी र भारतको शिद्धनगर इतवार घर भएका २० बर्षीय साहरुक खान रहेको प्रहरीले जानकारी दिएको छ ।

हारजित हुने गरि जुवा भइ रहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक नबराज केसीको कमाण्डमा खटिटएको प्रहरी टोलीले बुधबार दिउँसो उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।

उनीहरुको साथबाट एक गड्डी तालसमेत बरामद भएको प्रहरीले बताएको छ ।

पक्राउ परेकाहरु बिरुद्ध जुवा ऐन अन्तरगत मुद्दा चलाउने तयारी प्रहरीको छ ।

प्रकाशित मिति : २०८० कार्तिक २३ गते बिहिवार