
देउखुरी,२० कात्तिक ।
लुम्बिनी प्रदेशका कार्यबहाक मुख्यमन्त्री धनबहादुर मास्कीले स्वास्थ्य क्षेत्र संघीयताको सफलतासंग जोडिएको बिषय भएको बताउनुभयो । आर्थिक बर्ष २०७९÷०८० मा सम्पादित स्वास्थ्य कार्यक्रमको प्रदेशस्तरीय बार्षिक समीक्षा कार्यक्रमलाई सोमबार सम्बो धन गर्दै मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरूले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिने बताउनुभयो ।“स्वास्थ्यकर्मीले गरेको कामले दिने परिणामले नै संघीयताको सफलता र असफलतासंग जोडिएको हुन्छ”,उहाँल े भन्नुभयो“यसलाई स्वास्थ्यकर्मीले ध्यान दिनु पर्छ ।”
मन्त्री मास्कीले स्वास्थ्यकर्मीहरू आफ्नो जागिरकालागि मात्रै स्वास्थ्य सेवामा आएको नभई सेवाकालागि आएको समेत बताउनुभयो । “सुबिधा लिन मात्रै यो क्षेत्रमा कार्यरत हुनुहुन्न, सेवा दिन पनि यो पेशामा आउनु भएको छ”, उहाँले भन्नुभयो“त्यसैल े पनि स्वास्थकर्मीलाई जनताले भगवान सरह मान्ने गर्छन् ।”
साथै उहाँले बजेट बिनियोजन भएपनि कार्यबिधि निर्माणमा ढिलाई गर्दा कार्यान्वयनमा समस्या हुने गरेको बताउनुभयो । मन्त्री मास्कीले पछिल्लो समय मानसिक विरामीहरू बढिरहेकाले यश तर्फ पनि ध्यान दिनु पर्ने अबस्था रहेको बताउनुभयो ।
कार्यक्रममा प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले भर्चुअलबाट सम्बोधन गर्दै प्रदेशको स्वास्थ्य अबस्था सुधार गर्ने तर्फ सरकार केन्द्रित भएको बताउनुभयो ।