
बारा । अज्ञात समूहले चलाएको गोली लागेर घाइते भएका रूपेश सर्राफको मृत्यु भएको छ ।
सर्राफमाथि अज्ञात समूहले सोमबार दिउँसो करिब १ बजे तिर गोली प्रहार गरेको थियो । उनको टाउको र छातिमा गोली लागेको थियो । स्वर्णकार कलैयास्थित बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल हुन् ।
मिठाई किनेर मोटरसाइकलमा विद्यालय फर्किरहेका बेला सर्राफमाथि कलैया उपमहानगरपालिका— ६ मदर्शा टोलमा दिनदहाडै गोली प्रहार भएको हो । मोटरसाइकलमा सवार तीन जनाको समूहले सर्राफमाथि गोली चलाएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै बारा प्रहरीले जनाएको छ ।
उनीमाथि दुई राउन्ड गोली प्रहार भएको छ । प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि वीरगञ्जस्थित मेडिसिटी वयोधा अस्पतालमा लगिएको छ । अस्पतालले सरार्फको मृत्यु भएको पुष्टि गरेको हो । गोली चलाउने व्यक्तिको खोजी भइरहेको बारा प्रहरीले जनाएको छ ।