२०८१ जेष्ठ ७ गते सोमवार

विजया दशमीसँगै पल्लारमा बिजुलीको उज्यालो दिन सफल भए अमित ठकुरी ।।।



विनोद मण्डल,कार्तिक ७ । सुगम जिल्लाको दुर्गम बस्तीमा विजया दशमीको अवसरमा स्थानीयले बिजुली बत्तीको उज्यालो प्रकाश पाएका छन ।

सिराहा जिल्लाको धनगढीमाई १४ को दुर्गम बस्तीमा २१ सताब्दीमा विजया दशमीको अवसरमा भर्खर बिजुलीको उज्यालो प्रकाश स्थानियको घर आगनमा पुगेको छ ।

वाडा अध्यक्ष अमित ठकुरीले नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पुगेर विद्युतीकरणको लागि दबाब दिएपछि केन्द्रिय कार्यालयले तत्काल नेपाल विद्युत प्राधिकरण लहान शाखालाई आदेश गरेका थिए ।

आदेश पछि काम थालेका साखा कार्यालय लहानले सेवाग्राहीलाई फाइदा हुने गरी तत्काल विद्युतीकरण गरेर दशैको अवसरमा लाईन छोडेपछि स्थानिय खुशी भएका हुन ।

प्रकाशित मिति : २०८० कार्तिक ७ गते मङ्गलवार