२०८१ चैत्र १ गते आइतवार

वडास्तरिय खसीकप फुटबल खेलको उपाधि भैरब युवा क्लब रानागाऊ लाई



६ लुम्बिनी प्रदेशस्थित दाङको तुल्सिपुर उपमहानगरपालिका वडा ३ मा भएकाे वडास्तरीय खसी-कप फुटबल प्रतियाेगिता सम्पन्न भएको छ ।

दशैं तिहारको अवसरमा दमार गाउ खेल मैदानमा आयोजित वडा स्तरीय खुल्ला पुरुष खसी कप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ ।

तुलसीपुर वाडा नम्बर ३ का वाडा अध्यक्ष वीर बहादुर विकको प्रमुख आथित्यमा आयोजित फुटबल प्रतियोगितामा टाईगर युवा क्लबका अध्यक्ष हिरा विक माओवादी केन्द्रका स्थानीय नेता प्रेम प्रकाश मल्ल ,स्थानिय समाजसेवी ,बुद्धिजीवी , पत्रकार ,खेलप्रेमी लगायतको उपस्थितिमा आयोजित कार्यक्रममा राष्ट्रिय गान गाएर खेलाडीहरुलाई मैदान प्रवेश गराइएको थियो ।

खेलाडीहरू मैदानमा प्रवेश गरेपछि फिफा धुन बजाएर प्रमुख अथिती लगाएत सबै खेलाडीलाई स्वागत गर्दै वाडा अध्यक्षले खेलाडी टिमलाई फुटबल प्रदान गर्दै खेलको उद्दघाटन गरेपछि खेल शुरू गरिएको थियो ।

अत्यन्त रोमाञ्चक बनेको खेलमा स्थानिय भैरव कल्बले जीत हासिल गरेको थियो ।

निर्धारित समयमा सकिएको खेलमा सहभागी सबै खेलाडीहरुलाई फूल माला र टिका लगाएर प्रोत्साहित गर्दै दशैं तिहारको अवसरमा शुभकामना आदानप्रदान गरिएको थियो ।।

प्रकाशित मिति : २०८० कार्तिक ६ गते सोमवार