२०८१ बैशाख १५ गते शनिवार

ग्राहकलाई किरा खुवाउँदै माखन भोग होटल ।।।



विनोद मण्डल,कार्तिक ५ । सिरहाको लहानमा रहेको माखन भोग होटलमा चरम लापरवाही हुँदै आएको छ ।

लहानको पशुपति आदर्श माविको अगाडि पूर्वपट्टी रहेको होटलमा बारम्बार खानामा मानिसको स्वास्थ्यलाई प्रत्यक्ष्य असर पर्ने गरी किरा जन्य वस्तु फेला पर्न थालेका छन ।

लहानको चर्चित होटलको रूपमा रहेको उक्त होटल अन्य होटल भन्दा महँगो हुनका साथै होटलको सरसफाई खस्किएको अवस्थामा रहेको पाईएको छ ।

पटक पटक विवादित बन्दै आएको यस होटलको सरसफाई प्रति निकाय बेखवर हुँदा होटेलमा लापरवाही बढिरहेको छ ।

उक्त होटलमा चिया , नास्ता, खाना लगाएत मिठाई जन्य वस्तुको किनमेल र खादा ग्राहक वर्गको खानामा कुनै न कुनै अखाद्यय वस्तु भेटिरहने आम गुनासो रहेको पाईन्छ ।

कानुनलाई चुनौती दिँदै आएका उक्त होटलमा कुनै अनुगमन नहुनु र सञ्चालक माथि हालसम्म कुनै कारवाहीको प्रक्रिया अगाडि नबढाउनुले स्थानिय प्रशासनको कमजोरी उदाङ्गिएको देखिन्छ ।

दशैं तिहारको समयमा हुने कालोबजारी नियन्त्रणका लागि सरकारले चालेको कदम प्रति स्थानिय प्रशासन गम्भीर नहुँदा लहानको यस होटलमा ग्राहक र समाजलाई चुनौती दिँदै मिसावट खाद्य वस्तु बिक्री हुँदै आएको छ ।

लहानको महँगो होटलको रूपमा परिचित यस होटलमा बिक्री हुँदै आएको बस्तुहरूबाट अध्यधिक फाईदा लिन पल्केका होटल सञ्चालक प्रति निकाय हालसम्म बेखवर हुनु चिन्ताको विषय हो ।

प्रकाशित मिति : २०८० कार्तिक ५ गते आइतवार