
विनोद मण्डल,कार्तिक ५ । सिरहाको लहान नगरपालिका भित्र सरसफाइको अवस्था नाजुक बन्दै आएको अवस्था रहेको छ ।
सिरहाको पुरानो नगरपालिकाको रूपमा परिचित यस नगरपालिकाको ग्रामीण बस्तिदेखि सहरी बस्तीहरूमा फोहोर बढिरहेको छ ।
बजार क्षेत्रमा अदुरदर्शिता कायम गरेर सरसफाई गरिदा सडकमा फोहोर थुप्रिएको अवस्था रहेको पाइन्छ ।
अब्यबस्थित सहरीकरणको कारणले गर्दा लहानमा फेसबुकमा देखाएको जस्तो सरसफाई भएको छैन ।
लहानको मुख्य सडकहरूमा भने जस्तो सरसफाई भएको छैन ।
फेसबुक विकासले समग्र लहान नगरपालिकाको विकास प्रक्रियालाई प्रभावित गरिरहेकोले छातीमा हात राखेर लाहानका ग्रामीण बस्तिका सडकमा गएर विकास हेर्न जरुरी छ ।
त्यसो त लहान बजार भित्र समेत फोहोर व्यवस्थापनमा नगर असफल भइरहेको अवस्था रहेको पाइन्छ ।
फेसबुकमा देखाएर विकास हुन्छ भने कृपया लहानको विद्युत प्राधिकरण एरियाको सडकको अवस्था प्रति गम्भीर हुन जरुरी छ ।