२०८१ असोज २८ गते मङ्गलवार

दाङको बंगलाचुीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु



दाङको बंगलाचुीमा अटो दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । दुर्घटनामा परी एकै घरका चार जना घाईते भएका छन् ।
बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोल भन्ने स्थानमा रा १ ह २४०१ नम्वरको अटो दुर्घटना हुँदा सोही ठाउँ का ५५ वर्षिया विवा बुढा मगरको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कमिरेचौरका प्रमुख प्रहरी सहायक निरिक्षक सहदेव योगिले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुर्घटनामा परी बंगलाचुली गाउँपालिका वडा नम्वर ५ झेलखोलका एकै परिवारका ३६ बर्षिय मतिराम बुढा,वर्ष ३० का ऋखिराम बुढा, ४० बर्षिय मान बहादुर बुढा र २६ बर्षिया हिरा घर्ती घाईते हुनुभएको छ ।
घाईतेहरुलाई उद्धार गरी उपचारका लागि राप्ति स्वाथ्य विज्ञान प्रतिष्ठान घोराही पठाईएको प्रहरी सहायक निरिक्षक योगीले जाकारी दिनुभयो ।
उहाँहरु झेलखोल गाउँबाट बंगलाचुली ५ मा रहेको मुर्कुटी बजार तर्फ आउँदै गर्दा अटो दुर्घटनामा परेको हो । अटो सडक बाट झण्डै एक किलोमिटर तल खसेको प्रहरीले जानकारी दिएको छ अटो मध्यान्न सवा १२ बजेको समयमा दुर्घटना भएको हुन सक्ने अनुमान गरीएको छ । अटोका चालक प्युठान माण्डवी गाउँपालिका २ वडाका ४० बर्षिय गेम बहादुर पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८० कार्तिक ४ गते शनिवार