२०८० फाल्गुन ९ गते बुधवार

सल्यानमा ट्याक्टर ठक्कर बाट एक बालकको मृत्यु



असाेज २६

सल्यानमा रोकिराखेको ट्याक्टर अचानक चल्दा एक बालकको मृत्यु भएको छ । रोकिराखेको ट्याक्टर अचानक व्याक सर्दा शारदा नगरपालिका वडा नम्बर ४ लामाडाँडा टोलका देब बहादुर चन्दका ५ बर्षिय छोरा दिपशन चन्दको मृत्युु भएको हो ।
आज दिउसो बजेतिर घर अगाडी पार्किङ गरि राखेको रा १ त २८६२ नम्बरको ट्याक्टर व्याक सर्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ ।
ट्याक्टर पछाडि बच्चाहरु खेलिरहेका थिए । तर अचानक ब्याक सर्दा बालकाको मृत्यु भएको हो । ट्याक्टर प्रहरीको नियन्त्रमा छ । शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको बताएको छ

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार