२०८१ मङ्सिर १५ गते आइतवार

यहाँ केही सिक्ने हो गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु राजन भनेका थिए तर इजरायलमै बिलायो:सपना



असाेज २१

डोटीका शिखर नगरपालिका– ५ पचनालीका राजन फुलारा नेपालमा फर्किएर लोकसेवाको परीक्षा दिने योजनामा थिए। तर उनको सो सपना इजरायलमै बिलायो। इजरायलमा ज्यान गुमाएसंगै उनको सपना सपना नै रहने भएको हो। सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न उनी केहि समय अगाडी मात्रै इजरायल पुगेका थिए।राजनले एक हप्ताअघि आफ्ना काका राजेन्द्र फुलारालाई नेपाल फर्किएर लोकसेवाक लागि लड्ने योजना सुनाएका थिए। राजेन्द्र फुलाराका अनुसार भिडियो कलमा कुरा गर्दै आफू नेपाल आएर लोकसेवा आयोगको तयारी गर्ने बताएका थिए। “यहाँ त केही सिक्ने हो अंकल, गर्ने त आफ्नै देशमा हो, नेपाल आएर लोकसेवाकै तयारी गर्छु।”,काका राजेन्द्रसंगको कुराकानीका क्रममा राजनले भनेका थिए। त्यसक्रमम उनले काकालाई गाजा पनि देखाएका थिए। जिल्ला अस्पताल डोटीमा कार्यरत काका राजेन्द्रसँग मोबाइलको क्यामेराबाट गाजा शहर देखाउँदै भनेका थिए,”ऊ त्यही हो अंकल गाजा, यहाँ जतिवेला पनि आक्रमण हुन सक्छ, हामीलाई हमला हुनेबित्तिकै बंकरमा बस्न पनि सिकाइएको छ तर इजरायलमा भएको हमलामा उनको ज्यान गएको छ। ऋण सापट गरेर विदेश पठाएका छोराको ज्यान गएपछि बुबा घनश्याम विक्षिप्त छन्, उनी बेहोस अवस्थामा छन

प्रकाशित मिति : २०८० असोज २२ गते सोमवार