२०८० फाल्गुन ९ गते बुधवार

सल्यानमा बाघकाे आक्रमणबाट चार जना घाईते



१५

असोज । सल्यानमा बाघकाे आक्रमणबाट चार जना घाईते भएका छन । घाइते हुनेहरुमा जिल्लाकाे छत्रेश्वरी गाउँपालिका वडा नं. ३ दोलि बस्ने बस्ने बर्ष ४० को राज के.सी, साेहि ठाउँका वर्ष ४० काे टेक बहादुर थापा, वर्ष १६ को छबिलाल के. सी र वर्ष २७ को भिमसेन थापा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ।

घाइतेहरु सबैलाई बाघले हात खुट्टामा आक्रमण गरेकाे र अवस्था सामान्य रहेकाे छ भने घाइते सबैकाे जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता प्रहरी निरीक्षक गाेपाल श्रेष्ठले बताए । बाघ साेहि ठाउँको धान खेतमा रहेको बाघ ब्यबस्थापनको लागी ईलाका वन कार्यालय लुहाम सल्यानको टोली पुगिसकेकाे र बाँके राष्ट्रिय निकुञ्जको टोली पनि आउदै गरेको प्रहरी निरीक्षक श्रेष्ठले बताए।

प्रकाशित मिति : २०८० असोज १५ गते सोमवार