२०८० फाल्गुन ९ गते बुधवार

रोल्पामा जेसीबी दुर्घटना हुदा एक जनाको मृत्यु



रोल्पा, १४ असोज

रोल्पामा जेसीबी दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नं. १ भदौरे मन्दिर नजिक जेसीबी दुर्घटना हुँदा सहचालक अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।राप्ती गाउँपालिकाबाट रोल्पा लिबाङ जाँदै गरेको रा १ ज ११८७ नम्बरको जेसीबी भदौरे मन्दिर जनिकैको घुम्तीमा खस्दा राप्ती गाउँपालिका वडा नं. ३ मसुरीयाका सहचालक चौधरीको मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी श्याम सारुमगरले जानकारी दिनुभयो ।
जेसीबी चालक अन्दाजी २५ वर्षका सोही ठाउँ निवासी सुमन चौधरी भने सामान्य रहेको प्रहरीको भनाई छ । ओरालोमा ब्रेक नलागेर दुर्घटना भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार