२०८० फाल्गुन ९ गते बुधवार

कपिलवस्तुः साढे ६ क्विन्टल रक्तचन्दन बरामद



कपिलवस्तु, १४ असोज । 
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले रक्तचन्दन सहित  पक्राउ ३ जनालाई पक्राउ गरेको छ । अर्घाखाँचीबाट कपिलवस्तु ल्याउँदै गरेको ६.५ क्विन्टल रक्तचन्दन  सहित उनिहरु पक्राउ परेका हुन् ।

रक्तचन्दन बोकेर ल्याउँदै गरेको लु २ च १६३९ नम्बरको बोलेरो जिप र ना ५ ख ७३८२ नम्बरको ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाईएको छ ।

बुद्धभूमि नगरपालिका वडा न. १ पत्थरकोट बाट उनिहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुको थप विवरण आउन बाँकी छ

प्रकाशित मिति : २०८० असोज १४ गते आइतवार