२०८१ असोज २८ गते मङ्गलवार

गलत समाचारले कसैको हित हुदैन। मान बहादुर रावत



असाेज १२

गलत समाचारले कसैको हित हुदैन।रेडियो हाम्रो पहुँचको समाचारमा सुकुम्बासी मेयरको घरमा भान्से भन्ने अतिरन्जित समाचारले ध्यानाकर्षण भएको छ। स्थानीय तहको चुनाब २०७९ बैशाख ३० गते सम्पन्न निर्वाचन बाट निर्बाचित मेयर टिकाराम खड्का साच्चिकै सुकुम्बासी मात्रै होइन?सादगी नेता पनि हो।चुनाव जितेर आएका मेयरले क्वाटरमा बस्ने ,सचिबालय खर्च देखि विभिन्न खालको खर्च लिने गरेको देखेका छौ।नेपालको संबिधान २०७२ ले तीन तहको सरकारको कल्पना गरेको छ,स्थानीय तह एक हो।स्थानीय तहको सरकार लाई जनताले आलोचनात्मक समर्थन गर्दछन,पचपची गाली गर्ने,भेट्दा नमस्कार पनि।सधै वडा अध्यक्ष,कार्यपालिका सदस्य ,सबै जनप्रतिनिधि लाइ मित ब्ययी हुन सिकायो,कुनै भट्किलो व्यबहार गर्न मन पराएन,घरमा जे पाक्यो त्यही खाएर अफिस आयो,गलत तरिकाले आउने कुनै रकममा लोभ जगाएन।कतिपय समयमा उपमहानगर पालिकाको कामले काठमाडौ जादा आफ्नो गोजिको पैसा खर्च गरेर गयो,आफुले गलत पैसा कमाउने सोच राखेन,अरु कसैले गलत आर्जनको घोर बिरोध गर्यो,त्यही मेयरको भान्सेको कुरा उठाएर जनतामा भ्रम सिर्जना ??तुल्सिपुर उपमहानगर पालिका प्रमुख टिकाराम खड्काको घरपरिवारमा लैजान्छु,नगर प्रमुखको एक श्रीमती ,दुई छोरा हुनुहुन्छ।श्रीमती झुमा ओलि खड्का एउटा विद्यालयको प्रधानाध्यापक हुनुहुन्छ ,जेठो छोरा सुशील खड्का संखुवासभाको चैनपुर नगरपालिकाको अधिकृत हुनुहुन्छ ,कान्छो छोरा अनिल खड्का आइ टि अध्ययन गरेर बिहानी सत्रमा अध्ययन गराउनु हुन्छ भने बिहान १० देखि ५ बजे सम्म राप्ती आँखा अस्पताल रक्षाचौरमा कार्यरत हुनुहुन्छ ,अब भन्नुस एउटा सामान्य मान्छेको घरमा पाहुना आउनुभो भने चिसो तातो सोध्ने संस्कार हुन्छ,मेयरका घरमा जाने जो कोहि लाई सामान्य चिसो तातो सोध्नु न्युनतम कर्तब्य हुन्छ कि नाइ?एउटा राजनीतिक लामो इतिहास बोकेको ब्यक्ति लाई आरोपित गर्ने ठाउँ खोजेर बस्नुको साटो तुल्सिपुर बनाउने सुझाब चाहिएको छ।तुल्सिपुर १८ घर भएका नगर प्रमुखको घरमा उहाँकै घरको पाएक पर्ने सहयोगी नराखी तुल्सिपुर बजार बाट लैजान सम्भावना कति होला?प्रधानमन्त्रीको सचिबालय खर्च कति?मुख्यमन्त्रीको सचिबालय खर्च कति?संघीय मन्त्री ,प्रदेश मन्त्रीको सचिबालय खर्च कति?देशै भरिका उपमहानगर पालिका मेयरको सचिबालय खर्च कति?दाङ जिल्लाको दशै पालिकाको प्रमुखको सचिबालय खर्च कति?हिसाब निकालौ,गलत समाचारले फाइदा हुदैन।

प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार