
असाेज १२ सल्यानमा जिप दुर्घटनामा परेको छ । छत्रेश्वरी-५ लेखपोखरबाट शारदा नगरपालिका वडा नम्बर १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जिप छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा दुर्घटनामा भएको हाे ।
जिप सडकबाट खस्दा जिपमा सवार १६ जना घाईते भएको बताएको छ
घाइतेलाई उपचारका लागि श्रीनगर पठाइएको बताउनु भएको छ जिप सडकबाट करिब ५० मिटर तल खसेको छ । थप विवरण आउन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०८० असोज १२ गते शुक्रवार