२०८१ जेष्ठ ८ गते मङ्गलवार

कपुरकोटमा तरकारी बोकेको जीप दुर्घटना हुंदा दुई जनाको मृत्यु, एक जना गम्भीर घाइते ।



असाेज ०८

सल्यानमा तरकारी बोकेको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रोल्पाबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ च १०२५ नम्बरको सिंगल क्याप जीप दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै मृत्यु भएको हो । सल्यान कपुरकोट गा. पा. ३ चोरखोला नजिक सेतापैरा स्थित राप्ती राजमार्गमा रोल्पाबाट दाङ तर्फ तरकारी बोकी जाँदै गरेको रा १ च. १०२५ नं. को सिंगल क्याब जिप अनियन्त्रित भई सडकबाट ३०० मिटर तल खस्न गई दुर्घटना हुन जाँदा घटनास्थलमै २ जनाको मृत्यु र १ जना जिल्ला दाङ तुल्सिपुर उ.प.म.न.पा. २ बस्ने वर्ष अ. ३५ को नारायण योगी सिरियस घाईते भई उपचारको लागी दाङतर्फ पठाउँने कार्य भईरहेको र मृतकहरुको सनाखत नभएको । – जिल्ला प्रहरी कार्यालय सल्यान थप बिवरन आउन बााकि

प्रकाशित मिति : २०८० असोज ८ गते सोमवार