२०८० असोज १६ गते मङ्गलवार

शैक्षिक उन्नयनको लागि नयाँ अभ्यास गर्दै त्रिवेणी



त्रिवेणी गाउँपालिका भित्र रहेका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको वैठक तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।
त्रिवेणी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत निमराज भट्टराईको अध्यक्षता एवम् त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरको प्रमुख आथित्यतामा वैठक तथा परिचयात्मक कार्यक्रम सुरु भएको हो ।
दङ्गिशरण गाउँपालिका दाङबाट सरुवा भैई यस गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा आउनु भएका निमराज भट्टराई सग प्रधानाध्यापकहरुको परिचयात्मक भएको हो ।।


वैठकबाट विभिन्न प्रस्तावहरु पारित भएका छन ,
जसमा गाउँपालिकाले तयार गरेको विद्यालय अनुगमन मुल्यांकन र शैक्षिक गुणस्तर सुधारका लागि तयार गरेको अनुगमन सुचकहरुलाई सहभागी प्रधानाध्यापकहरुको केही सुझावहरुलाई समावेश गर्दै तहगत रुपमा समान मुल्यांकन हुने गरि केहि बुदा संसोधन सहित पारित भएको छ ।
त्यस्तै त्रिवेणी गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पठनपाठनमा कुन प्रभाव नपर्ने गरि विदाको समय अर्थात पौष महिनाको दोस्रो हप्ताबाट सञ्चालन गर्ने निर्यण समेत वैठकले पारित गरेको छ ।
रोल्पा जिल्ला भरिका १० वटा स्थानीय तह मध्ये शिक्षा क्षेत्रमा अब्बल मानिएको गाउँपालिकाले यस बर्षको बजेट कार्यक्रममा सबैभन्दा बढि बजेट शिक्षा विनियोजन गरेको छ ।


कार्यक्रममा बोल्दै त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाँठा मगरले गाउँपालिकाले शैक्षिक उन्नयनको लागि थुप्रै नया अभ्यासहरु गरिरहेको र यहि बर्ष देखि MGML कक्षा ,सुचकको आधारमा विद्यालय अनुगमन गरेर सुचकबाट प्राप्त नम्बर अनुसार विद्यालयलाई विभिन्न रङ्गका झण्डा वितरण गर्ने , विद्यालयमा खुवाइदै आएको दिवा खाजा टाढा-टाढाबाट खरिद गरेर ल्याएको चिउरा अण्डा , चना , केराउ भन्दा विद्यार्थीको घर परिवारले आफ्नै खेत बारिमा उत्पादन गरेका दुध , चना , अण्डा, केराउ लगाएतका दिवा खाजामा आवश्यक अन्य समानहरु आफ्नै विद्यार्थीका गाउँ घरमा खरिद गरेर खुवाउन समे प्रधानाध्यापकहरुलाई आग्रह गर्नु भएको छ ।

प्रकाशित मिति : २०८० भाद्र २५ गते सोमवार