२०८१ कार्तिक १९ गते मङ्गलवार

श्रीकृष्ण जन्माष्टमी’ अवसरमा तुल्सिपुर ३ रानागाउमा भब्य लाखे नाच



भदाै,२१
‘श्रीकृष्ण जन्माष्टमी’ देशभर धुमधामका साथ मनाइँदैछ । भगवान श्रीकृष्णको जन्म भएको अवसरमा देशभर यो पर्व श्रीकृष्णको पूजाआराधना गरी मनाइने गरिन्छ ।
पौराणिक कथन अनुसार अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौं अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेको बताइन्छ कृष्णलाई मार्नका लागि कंसले बहिनी पुतनालाई प्रयोग गरेको र पुतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच नचाउने गरिन्छ ।


नाग पञ्चमीका दिनबाट सुरु गरिएको पुतनाको मृत्युको कामना ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विर्सजन गरिने परम्परा छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिंगारेर लाखे नचाउने गरिन्छ पछिल्लो सयम यहि परम्परालाई निरन्तरता दिदै तुल्सिपुर ३ रानागाऊमा पनि लाखे नाच मनाईयाे छ
हिन्दु संस्कृतिका रुपमा रहेको लाखे नाचको संरक्षण गर्ने र जाेगाई समेत राख्नुपर्छ भनेर रानागाउका युवा लाखे नाच गरेर रमाइलो गरेका छन / केहि युवाहरु मिलेर लाखे नाच गरेका हुन बिशेष गरि पुरानो चलिआएकाे लाखे नाच लाई जाेगाएकाे हाै टंक डागि ले हामि लाई जानकारी दिएका हुन

प्रकाशित मिति : २०८० भाद्र २२ गते शुक्रवार