
रुकुम पश्चिमको चौरजहारीमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । स्कुलबाट घर फर्किने क्रममा खोला तरने एकै घरका दुई दाजुबहिनीको मृत्यु भएको हो
आज दिउँसो नाउलाखोलामा आएको बाढीले बगाउँदा चौरजहारी नगरपालिका-६ घर्तीकाँडाका रतन बुढाथोकीका १० वर्षीय छोरा मनोज र ६ वर्षीया छोरी भावनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले मनोजको शव १ सय ५० मिटर र भावनाको शव ८ सय मिटर तल फेला परेको जानकारी दिनुभयो ।मनोज आधारभूत विद्यालय घर्तीकाँडाको कक्षा ३ मा र भावना कक्षा १ मा पढ्थिईन
प्रकाशित मिति : २०८० भाद्र १८ गते सोमवार