२०८० फाल्गुन ९ गते बुधवार

नापी कार्यालय तुलसीपुरका प्रमुख भक्तबहादुर विकलाई पत्नी शोक



तुलसीपुर,१५ भदौ

नापी कार्यालय तुलसीपुरका प्रमुख भक्तबहादुर विकलाई पत्नी शोक परेको छ । विककी श्रीमति घोराही उपमहानगरपालिका १५ निवासी ३२ बर्षीया आशा नेपालीको विहीबार साँझ निधन भएको हो । लामो समय देखि आमाशयमा भएको क्यान्सरको कारण नेपालीको मृत्युु भएको परिवारले जनाएको छ । नेपालीको आज शुक्रबार अन्त्येष्टि गरिएकाे छ । उनको १० महिने शिशु, ३ बर्षकी एक छोरी छन् । नेपाली एमालेका केन्द्रीय सदस्य भागवत विश्वासीकी बहिनी हुन् ।

प्रकाशित मिति : २०८० भाद्र १५ गते शुक्रवार