२०८१ चैत्र १ गते आइतवार

सडक दुर्घटनामा परी २० वर्षीया वर्षा कुमालको ज्यान गयाे



भदाै १२

ट्रकको ठक्करबाट स्कुटर चालक तनहुँको म्याग्दी गाउँपालिका—४ का २० वर्षीया वर्षा कुमालको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

पोखराको पृथ्वीचोकबाट सृजनाचोकतर्फ जाँदै गरेको ग २२ प ७९५ नम्बरको स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको बागमती प्रदेश ०३००१ क ०२६३ नम्बरको ट्रकले सभागृहचोकको आइल्याण्ड नजिक ठक्कर दिएको थियो ।

ठक्करपछि गम्भीर घाइते कुमाललाई उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएकामा उपचारका क्रममा आज चिकित्सकले मृत घोषणा गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो ।

दुर्घटनापछि प्रहरीले ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिएर वडा प्रहरी कार्यालयमा बैदाममा राखेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक शर्माले बताउनुभयो

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार