२०८१ बैशाख ९ गते आइतवार

दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या



भदौ १२

दार्चुलामा एक वृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या भएको छ ।

मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या भएको प्रहरीले जनाएको छ ।
छिमेकीका अनुसार उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कहीँ नाती आउन गरेका थिए । घटनापछि चन्दका नाति फरार छन् । उनको खोजी भइरहेको छ । नाति हत्या गरेर भागेको हुनसक्ने बताउँदै अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेका अनुसार वृद्धा घर नजिकै मृत अवस्थामा भेटिएक थिए ।

प्रकाशित मिति : २०८० भाद्र १२ गते मङ्गलवार