२०८१ माघ २४ गते शुक्रवार

दाङमा जबरजस्ती करणी गरेको आरोपमा रोल्पाका २२ वर्षीय गणेश डाँगी पक्राउ



भदौ ०५

दाङमा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पा नगरपालिका ४ लिवाङ बस्ने २२ वर्षीय गणेश डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई सोमबार पक्राउ गरेको प्रहरीले जनाएको छ ।

डाँगीले ती महिलालाई घोराही उपमहानगरपालिका १७ चौघेरास्थित आफ्नो भाइको कोठामा बोलाई ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको बताएको छ

प्रकाशित मिति : २०८० भाद्र ५ गते मङ्गलवार