
विनोद मण्डल, साउन २ । सिरहाको धनगढीमाई १२ सर्रे खोलाको करिब करिब किनारामा रहेको विष्णुपुर खानेपानी आयोजना हालसम्म सञ्चाल हुन सकेको छैन ।
स्थानिय स्तरमा खाने पानीको चरम अभाब रहेता पनि अधुरो पाईप लाइन र अलपत्र अवस्थामा कालो पाईपहरू यत्रतत्र छोडेर अदुरदर्शिताको बीच ठिङ उभिएको छ,खानेपानी ट्याङ्की ।
खानेपानी आयोजना परिसरमा रहेको फलामे पाईपमा एकातिर खिया लाग्न शुरू भएको छ भने अर्कोतिर त्यहाँ रहेको शोलार प्यानेल समेत बिग्रिने अवस्थामा पुगेका छन ।
खानेपानीको काम किन हालसम्म सञ्चालन हुन नसकेको हो ? यस विषयमा निकाय आफै अलमलमा परेको अवस्था रहेको देखिन्छ ।
प्रकाशित मिति : २०८० भाद्र २ गते शनिवार