२०८१ असोज २७ गते सोमवार

भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको पहिचान खुल्यो



भारतको उत्तराखण्डको गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्लाका ११ जनाको पहिचान भएको छ ।

एकै घरका सात जनासहित गौरीकुण्डमा गएको पहिरोमा परि बेपत्ता भएका जुम्ला पातारासीका ११ जनाको परिचय खुलेको हो ।

बेपत्ता हुनेमा पातारासी-२ पेरे गाउँका ५५ वर्षीय धर्मराज बुढा, २४ वर्षीय चन्ने कामी, ३० वर्षीय अमर बोहोरा, उहाँकी श्रीमती अनिता बोहोरा, ११ वर्षीया छोरी सलिता बोहोरा, ९ वर्षीया छोरी पिंकी बोहोरा, ७ वर्षीया छोरी प्रिति बोहोरा, ४ वर्षीय छोरा जटिल बोहोरा, दुई वर्षीय छोरा ओकिल बोहोरा, पातारासी-३ का ३८ वर्षीय बम बोहोरा र ४६ वर्षीय सुकराम रावत रहेका छन् ।

पहिरोमा बेपत्ता भएकामध्ये कालीकोटका टेकबहादुर कामी, प्रकाश कामी र देवी कामीको शनिवार पहिचान खुलेको थियो । खोजी भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० साउन २१ गते आइतवार