२०८१ माघ २५ गते शनिवार

दाङको लमहीमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते



दाङ, साउन १३/ दाङको घोराही-लमही सडक खण्डमा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
घोराही–लमही सडक खण्डअन्तरगत घोराही उपमहानगरपालिका वडा नम्बर ३ को भैंसी बगाउने खोला नजिक घोराही ना ४ ख ८४८७ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकमा सवार दुई यात्रु घाईते भएका हुन् ।

फोटो फिचर

पहाडको उकालोमा ट्रकको टायर पन्चर भई रोक्ने क्रममा ब्रेक नलागेपछि ट्रक सडकबाट तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । दुर्घटनामा लमही नगरपालिका-२ केरुनिया निवासी १८ बर्षीय रुबिना चौधरी र १६ बर्षीया करुणा चौधरी घाइते भएका छन् ।
ट्रकका चालक र सहचालक हाम फालेर वच्न सफल भएपनि ट्रकमा सवार करिव १५/१६ वर्षका दुई किशोरीहरु घाईते भएका छन् । उनीहरुको उद्धार गरि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाईएको छ ।

भर्ना खुल्यो

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार