२०८१ असार २९ गते शनिवार

रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुदा दश जना घाईते नाम सहि दाङ का २ जना



रुकुम पश्चिममा बोलेरो जीप दुर्घटना हुदा दश जना घाईते भएका छन् । घाईते हुनेहरुमा मुसिकोट नगरपालिका ५ निवासी १३ वर्षिया सरस्वती केसी, ५५ बर्षिया लिला केसी, मुसिकोट नगरपालिका १३ निवासी ५० बर्षिया सुबि रोका, मुसिकोट नगरपालिका ३ निवासी १३ बर्षिया सुजाता केसी, सोहि ठाउँकी १२ वर्षिया करिना केसी, सोहि ठाँउ निवासी १४ वर्षिया दक्षिणा खड्का, ८ वर्षिया बर्षा केसी, मुसिकोट नगरपालिका १ निवासी ३५ बर्षिया बिनिता केसी, दाङको शान्तिनगर गाउँपालिका ४ निवासी २५ वर्षिया टिका ओली केसी र सोहि ठाउँ निवासी ३३ बर्षिया टिका केसी रहेको प्रहरीले जनाएको छ । घाईते मध्य बर्षा केसीको अवस्था सिरियस रहेको बताईएको छ ।
प्रहरीका अनुसार उक्त जीपमा १२ जना सवार रहेकोमा अन्य दुई जना सकुशल रहेका छन् । आज बिहिबार बिहान जिल्लाको मुसिकोट नगरपालिका १ त्रिवेणी चोकदेखि वडा नम्वर ५ थर्पुमा रहेको डिग्रे साईकुमारी मन्दिरको दर्शन गर्न जान थालेको भे १ च २७९६ नम्वरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभएके छ ।

प्रकाशित मिति : २०८० असार ७ गते बिहिवार