२०८१ बैशाख ७ गते शुक्रवार

ग्लोबल ओरिएन्स बिक्रि कक्ष दाङ बाट ४४ बर्षीय इन्द्रबहादुर खड्का लाई सहयोग



दाङ तुलसीपुर १८

अक्कासी निवासी ४४ बर्षीय इन्द्रबहादुरखड्कामा सुगरको समस्था थियो ।
सुगरकै समस्याका बीच खुट्टाको पैतलामा घाउ भयो । तर, त्यो घाउ निको भएन । तीन बर्ष अघिको त्यो घाउ निको नहुँदा उनको खुट्टा काटेर फाल्नु पर्ने अबस्था आयो । दाङका बिभिन्न अस्पतालमा मात्रै नभई नेपालगञ्जलगायत बिभिन्न ठाउँमा उपचार गर्दा पनि सञ्चो भएन । त्यसपछि काठमाडौंको शिक्षण अस्पतालमा जाँच गराए ।

त्यहाँ जाँच गराउँदा डाक्टरले घुँडा नजिकैबाट काट्नु पर्छ, भनेपछि उनलाई झनै तनाब बनाएको छ । न्यून आर्थिक अबस्था भएका खड्काको खुट्टा काट्न १५ लाख भन्दा बढि खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । तर, उनको २/३ कठ्ठा मात्रै जग्गा छ । अहिलेसम्म उपचारकालागि लाखौं खर्च भइसकेको छ । जग्गा बेचेर उपचार गरौं भन्दा पनि समस्या छ । यसै बिचमा हरेक ठाउहरुमा सामाजिक काम गरदै आईरहेको ग्लोबल ओरिएन्स बिक्रि कक्ष दाङ ले केही नगद रकम हस्तान्तरण हरेको छ ।पुर्ण बहादुर वलि रमेश वलि बिष्णु केसि पबित्रा केसि उक्त रकम लिई घरमै पुगेर हस्तान्तरण गरनु भयको थियो । बुधबार घरमै पुगेर पिडितका बुवा रन बहादुर खडका र आमा धनमाया खडका लाई केही नगद रकम हस्तान्तरण गरेको छ साथै आर्थिक सहयोगकालागि सबैमा अनुरोध पनि गरेका छन् । काठमाडौं उपचार गर्दा घरमा खाना खर्च समेत जुटाउन सक्ने अबस्था नभएको पीडितले बताएका छन् ।
साथै आर्थिक सहयोगकालागि सबैमा अनुरोध पनि गरेका छन् । काठमाडौं उपचार गर्दा घरमा खाना खर्च समेत जुटाउन सक्ने अबस्था नभएको पीडितले बताएका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १८ गते बिहिवार