२०८१ बैशाख ९ गते आइतवार

देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ



देउखुरी । देउखुरी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख शेषमणि गौतम बलात्कारको आरोपमा पक्राउ परेका छन् । गए राति प्रहरीले गौतमलाई उनकै निवासबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । एक २६ वर्षीया युवतीलाई जागिर लगाईदिने प्रलोभनमा पारि आफ्नै घरमा बोलाइ बलात्कार गरेको आरोपमा लमही नगरपालिका वडा नम्बर ५ रातो डाँडा निवासी शेषमणि गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतवार दिउँसो करिब १२ बजे गौतमले ती युवतीलाई आफ्नै घरमै बोलाएर बलात्कार गरेको आरोप छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमका अनुसार आवश्यक कारवाहीका लागि मुद्दा दर्ता गरि म्याद थपको लागि अदालत लैजाने तयारी भइरहेको छ ।

गौतम देउखुरी बहुमुखी क्याम्पसका हालका प्रध्यापक तथा संचालक समितिका कोषाध्यक्ष हुन् 

प्रकाशित मिति : २०८० जेष्ठ ८ गते सोमवार