
दाङको तुलसीपुरमा मोटरसाइकल र स्कुटर आपसमा ठोक्किदा ४ जना घाइते भएका छन । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार जसपुरबाट तुलसीपुरतर्फ आउदै गरेको रा ५ प ४०१० नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जादै गरेको रा ७ प १३५८ नम्बरको स्कुटर तुलसीपुर ६ मालपोत कार्यालय नजिकै ठोक्किदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते हुनेमा मोटरसाइकल चालक तुलसीपुर १० निवासी ४९ वर्षीय काली बहादुर चौधरी, मोटरसाइकलमा पछाडी सवार सोही ठाँउ निवासी ४५ वर्षीय माधब प्रसाद भण्डारी, स्कुटर चालक तुलसीपुर ६ निवासी १९ वर्षीय सतिस श्रेष्ठ र स्कुटरमा पछाडी सवार सोही ठाँउ निवासी २० वर्षीय दिपेश डागी रहेको प्रहरीले जनाएको छ ।
घाइते ४ जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ सवारी साधनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७९ चैत्र १४ गते मङ्गलवार