२०८० चैत्र १६ गते शुक्रवार

घरकाे छतबाट खसेर सल्यानकाे श्रीनगरमा डिल्ली बहादुर चनाराको मृत्यु



शारदा नगरपालिका १ दारिमचौर घर भएका ४४ वर्षीय डिल्ली बहादुर चनाराको घरकाे छतबाट खसेर बिहीबार मृत्यु भएको हो ।

शारदा नगरपालिका १ श्रीनगर स्थित पुष्पाञ्जली फेन्सी हाउस भएको घरमा करिब ६ फिट अग्लो बाँसको भर्‍याङबाट चिप्लिएर बिहीबार दिउँसो साढे १२ बजेतिर उनी घाइते भएका थिए ।

उनलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएकाे छ । प्रहरीका अनुसार चनाराको टाउमा गहिरो चोट लागेको थियो ।

छतबाट खस्ने बित्तिकै टाउकोमा चोट लागेर बेहोस भएका उनलाइ स्थानीयले श्रीनगरस्थित पराेपकार अस्पतालमा उपचारका लागि लगेका थिए । त्यसपछि उनलाई थप उपचारका लागि जिल्ला अस्पताल सल्यान लिने क्रममा मृत्यु भएकाे हाे ।

उनि साेहि घरमा मिस्त्री काम गर्दै आएका थिए । उनि शिवजन मावि शीतलपाटी सल्यानका पूर्व शिक्षक अभिभावक संघका अध्यक्ष समेत हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार