२०८० चैत्र १६ गते शुक्रवार

श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी कमला न्यौपानेकाे उपचारको क्रममा मृत्यु



श्रीमानको कुटाइबाट गम्भिर घाइते हुनुभएकी स्याङ्जा पुतलीबजार नगरपालिका १३ निवासी कमला न्यौपाने: सुवेदीको उपचारको क्रममा मृत्यु भएको छ ।
गएको माघ २२ गते राती श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेको कुटाइबाट कमला गम्भिर घाईते हुनु भएको थियो । उहाँको उपचारको क्रममा काठमाडौमा निधन भएको प्रहरीले जनाएको छ ।
गाउँलेले कमलालाई नदेखेपछी सोधखोज गर्दा आफ्नै घरमा श्रीमानको कुटाइबाट बेहोस अवस्थामा भेटेपछि गाउलेको सहारामा अस्पताल लगिएको थियो । पोखरा हुँदै काठमाडौ नर्भिक अस्पतालमा पुर्याईएको थियो ।
कुटपिट पछि बेहोस कमला लाई गाउँलेको सहारामा १४÷१५ घण्टा पछी मात्रै अस्पताल लगिएको थियो ।
कुटपिटमा संलग्न श्रीमान लक्ष्मीप्रसाद न्यौपाने र जेठाजु केशवराज न्यौपानेलाई यस अघि नै प्रहरीले नियन्त्रण लिएको थियो । जिल्ला अदालत स्याङ्जाले जेठाजु केशवराजलाई २ लाख धरौटीमा छोडेको छ भने श्रीमान लक्ष्मीप्रसाद लाई पुर्पक्षकाका लागि जिल्ला कारागार राखिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते शुक्रवार