२०८० असोज ७ गते आइतवार

राप्ती प्रादेशिक अस्पतालमा अझै  किन जडान हुन सकेन ‘डायलासिस मेसिन’



दाङ राप्ती प्रादेशिक अस्पतालमा अझै  किन जडान हुन सकेन ‘डायलासिस मेसिन
 स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएकाे साउनमा दाङको तुलसीपुरमा रहेकाे राप्ती प्रादेशिक अस्पतालमा आठ वटा ‘डायलासिस मेसिन’ पठाएको थियो ।  तर ती मेसिन अहिले एउटा कोठामा थन्क्याएर राखिएको छ । मेसिन आएको सात महिना पुग्न लाग्दा पनि आर्थिक र जनशक्ति अभावका जडान हुनसकेकाे छैनन् ।
मेसिन जडानका लागि पाइपलगायतका आवश्यक सामग्री खरिदका लागि २५–३० लाख रुपैयाँ खर्च लाग्छ । त्यस्तै अहिले चार  नर्सिङ कर्मचारीमात्रै कार्यरत हुनुहुन्छ । तर मेसिन जडानपछि कम्तीमा १० नर्सिङ कर्मचारी चाहिन्छ । अर्कातर्फ मेसिन जडान गर्नका लागि ठाउँको पनि अभाव छ । अस्पतालमा ‘पेडियाट्रिक’ भवन निर्माण भए पनि अस्पताललाई हस्तान्तरण नहुँदा पनि समस्या भएको अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिन्टेण्डेन्ट डा ओम अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘मेसिन जडानका लागि हामीले पाइपलगायतका सामग्री खरिद गर्नुपर्छ, ठाउँको पनि अभाव छ, पेडियाट्रिक भवन निर्माण भए पनि हामीलाई हस्तान्तरण भएको छैन, जनशक्ति पनि अभाव छ, त्यसैले पनि मेसिन जडान गर्न सकिएको छैन ।’ बताउनु भयाे

अहिले अस्पतालमा पाँच डायलासिस मेसिनमध्ये चार मेसिनमात्रै सञ्चालनमा छन् । एउटा मेसिन बिग्रिएको लामो समय भए पनि मर्मत हुनसकेको छैन । अन्य पाँचवटा मेसिन पनि जडान हुन नसक्दा धेरै मिर्गौलारोगीले सास्ती भोग्नुपरेको छ । अहिले ८४ बिरामीले पालो कुरिरहेका छन् । उनीहरूले कसैले काठमाण्डाै, लमही, घोराही, बुटवललगायतका ठाउँमा डायलासिस oगरिरहेका छन् । प्रादेशिक अस्पतालमा अहिले २३ जनाले मात्रै डायलासिस गरिरहेका छन् ।

आएका मेसिन जडान भएपछि ६० जनासम्मलाई सेवा दिन सकिने अस्पतालका डायलासिस प्रमुख लीना बडेलले बताउनुभयो । ‘
कर्मचारीको पनि त्यत्तिकै समस्या हुने गरेको निमित्त मेडिकल सुपरिन्टेण्डेन्ट डा अर्यालले बताउनुभयो । उहाँका अनुसार अहिले चारजना स्टाफ नर्समात्रै कार्यरत छन् । नयाँ मेसिन जडान भएपछि १० नर्सिङ स्टाफ चाहिन्छ ।  उपकरणका लागि २५–३० लाख रुपैयाँ लगानी लाग्छ । 

प्रकाशित मिति : २०७९ फाल्गुन ७ गते आइतवार