२०८१ माघ २४ गते शुक्रवार

राप्ती बबई क्याम्पसको अध्यक्ष बस्नेत (नेविसंघ)



१९ माघ,दाङ/ नेपाल विद्यार्थी संघ राप्ती बबई क्याम्पस ईकाईको कार्यसमिति चयन भएको छ ।

नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष कुलराज पोख्रेलको अध्यक्षता तथा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण लहरेको प्रमुख आतिथ्यतामा भएको भेलाले भिमार्जुन बस्नेतको अध्यक्षमा कार्यसमिति चयन गरेको हो ।

उपसभापतिमा शिक्षा नेपाली, नविन खड्का, तुफान ओली, अभिशेक कुसुण्डा, समिर खान र सुदीप नेपाली चयन चभएका छन् । यसैगरि सचिवमा डायमण्ड गिरी, सहसचिवमा झरना सुनार र निश्चल बिष्ट र कोषाध्यक्षमा निरा लामिछाने तथा प्रवक्तामा टोपबहादुर ओली चयन भएका छन् । ईकाईका सदस्यहरु भने पछि चयन गर्ने निर्णय भेलाले गरेको छ ।

बसन्त बस्नेतले स्वागत गरेको भेलामा बिशिष्ट अतिथिहरु कांग्रेस जिल्ला सदस्य घनश्याम भण्डारी, पूर्व स्ववियु सभापति अनिल कार्कि, क्याम्पस ईकाईका पूर्व सभापति रोहित न्यौपाने लगाएतले आआफ्नो धारणा राखेका थिए । भेलाको सहजिकरण विद्यार्थी नेता बिदुर गौतमले गरेका थिए।

प्रकाशित मिति : २०७९ माघ १९ गते बिहिवार