२०८२ बैशाख ५ गते शनिवार

चीनमा कोभिडबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाकाे ज्यान गयाे



चीनमा कोभिडबाट सिर्जित समस्याका कारण एक महिनामा झण्डै ६० हजार जनाले ज्यान गुमाएका स्वास्थ्य अधिकारीले जानकारी दिएका छन् ।

छ । जियाओका अनुसार रेकर्ड सङ्ख्यामध्ये ५ हजार ५ सय ३ जनाको कोभिड सङ्क्रमण तथा ५४ हजार ४ सय ३५ जनाको कोभिडसँग जोडिएका अन्य समस्याबाट ज्यान गएको हो ।

गएको डिसेम्बरमा शून्य कोभिड नीति हटाएपछि चीनमा सङ्क्रमण थप फैलिएको छ । चीनका स्वास्थ्य अधिकारीहरूले ज्यान गुमाउनेहरु ६५ वर्षमाथि उमेर समूहका ९० प्रतिशतभन्दा धेरै रहेका बताएका समाचार संस्था एएफपीले जनाएको छ । चीनमा ६० वर्षभन्दा माथिका लाखौँ नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छैनन् ।

प्रकाशित मिति : २०७९ माघ १ गते आइतवार