युथ अफ तुलसीपुरको आयोजनामा भइरहेको
प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा पर्यटन महोत्सव २०७९ पुस ५ गते मंगलबार गायक सन्दिप न्यौपाने, गायिका रचना रिमाल, गायक प्रेमविवश घर्ती, सगरमाथा डान्स ग्रुप लगाएतका राष्ट्रिय तथा स्थानियस्तरका कलाकारको प्रस्तुती रहने उहाँले बताउनुभयो ।
तुलसीपुरमा आधुनिक पुस्तकालय स्थापना गर्ने मुख्य उद्देश्य लिएको महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण तथा प्रवद्र्धन गर्ने समेत उद्देश्य रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा विभिन्न प्रकारका तीन सय बढी स्टलहरू राखिएको छ । महोत्सव आगामी पुष ६ गते सम्म सञ्चालन हुने आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरेले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ पुष ४ गते सोमवार