
द भ्वाइस अफ नेपाल-४’मा अछामका आशिष महर बाहिरिएका भएका छन् । अछामको मेल्लेख गाँउपालिकाको दोगडा घर भएका महर भ्वाइस अफ नेपालमा प्रवेश भएसङ्गै एकपछि अर्को दमदार प्रस्तुति दिदै दर्शकको मन जित्दै अन्तिम छ मा प्रवेश गरेका थिए ।
शुक्रबार हुड्केली पहिरनमा “मायाले मायाले मा’र्यो मा’र्यो” गितमा दर्शक र कोचलाई झुमाएका थिए । दर्शकले हुटिङ गर्दै गित गाउन आग्रह समेत गरेका थिए । भोटिङका आधारमा महर उत्कृष्ट ९ मा प्रवेश गरेका छन् । आज शनिबारको प्रस्तुतिसङ्गै उत्कृष्ट ४ का लागि भोटिङ हुनेछ ।
केहिदिन पहिले धनगढीमा जारी ‘सुदूरपश्चिम महोत्सव’को चौथो दिन महरले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई जुरुकजुरुक पारेका थिए । महोत्सवको भीडमा एक्ला आकर्षण बनेका महरलाई हेर्न र छुन भीड उर्लिएको थियो । उनका समर्थक आशिष महरलाई जिताऊँ लेखिएको ब्यानरसहित त्यहाँ उपस्थित थिए। आशिषको पक्षमा फ्यानले हुटिङ समेत गरे । आशिषको भीडलाई थाम्न प्रहरीलाई हम्मे समेत पर्यो ।