२०८१ बैशाख ८ गते शनिवार

नवलपरासीमा एक मतदान अधिकृत बर्खास्त



१ मंसिर, नवलपरासी/ पश्चिम नवलपरासीमा एक मतदान अधिकृतलाई नेपाल प्रहरीले नियन्त्रणमा लिई बर्खास्त गरेको छ।

पश्चिम नवलपरासीमा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ अन्तरगत रहेको सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदान स्थलमा खटाइएका मतदान अधिकृत पृथ्वीराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त गरेको छ। ५६ वर्षीय चौधरी पाल्हीनन्दन गाउँपालिकाको पशु सेवा शाखामा कार्यरत हुन्।

निर्वाचन सामग्री बुझ्ने क्रममा मुख्य निर्वाचन अधिकृतसँग मादक पदार्थ सेवन गरी अस्वभाविक व्यवहार देखाएकाले उनलाई नियन्त्रणमा लिएको सुचना अधिकारी भाेज राज पाण्डेयले जानकारी दिनुभएको छ।

उनको ठाउँमा वैकल्पिक मतदान अधिकृतलाई खटाइएको मुख्य निर्वाचन अधिकृत ले जानकारी दिनु भएको छ । नियन्त्रणमा रहेका चौधरीलाई मुख्य निर्वाचन अधिकृतको निर्देशनअनुसार कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०७९ मङ्सिर १ गते बिहिवार