२०८१ बैशाख ७ गते शुक्रवार

किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ



१७ कात्तिक,रुपन्देही/ रुपन्देहीमा दुई किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सैनामैना ११ निवासी १९ वर्षीय पदम कार्कीसहित १५ वर्षका अन्य दुई जना किशोर रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम् डिएसपी स्यामु अर्यालले जानकारी दिनुभएको छ ।
कञ्चन गाउँपालिकाका १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । पिडीत ती किसोरीले ६ जनाले बलात्कार गरेको विवरण दिएकाले थप तीन जनाको खोजी भइरहेको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिनुभएको छ । प्रहरीका अनुसार पीडित किशोरीहरु र आरोपितहरु चिनजानका साथी भएको खुलेको छ ।

प्रकाशित मिति : २०७९ कार्तिक १७ गते बिहिवार