
अमृत वली
२०७९/०६/०५
त्रिवेणी गाउपालिकाले संचालन गरेको वास कार्यक्रमको समिक्षा तथा छलफल रोल्पामा सम्पन्न भएको छ । युनिसेफ नेपालको आर्थिक सहयोग र हुरेक नेपाल रोल्पाको प्राविधिक सहयोगमा यो कार्यक्रम संचालनमा रहेको छ ।
कार्यक्रमका अवसरमा त्रिवेणी गाउँपालिका अध्यक्ष कर्ण बहादुर बाठा मगरले यस कार्यक्रमले त्रिवेणी गाउपालिकाका ५ वटा बिद्यालय, ३ वटा स्वास्थ्य संस्था, १० वटा समुदायहरु सुरक्षित खानेपानीयुक्त भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो । गाउपालिका भित्रका सबै स्थानमा सुरक्षित खानेपानीको पहुँच बढाउनका लागि सबै लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा युनिसेफका भक्त बहादुर बस्नेतले त्रिवेणी गाउँपालिका र रोल्पा नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको बताउनुभयो । यस कार्यक्रमले बिद्यालय, समुदाय र स्वास्थ्यसंस्थामा खानेपानी गुणस्तर जाँच सम्बिन्धी अभिमुखीकरण भएको, खानेपानी, सरसफाई तथा स्वच्छता कार्यविधि सम्बन्धी अभिमुखीकरण भएको, अभिमुखीकण तथा सर्वेक्षणमा सहजीकरण भएको, खानेपानीको श्रोत संरक्षणमा सहयोग भएको, लक्षित बिद्यालयमा बिपत नक्सांकन भएको बताउनुभयो । यस कार्यक्रम अन्र्तगत रहेर आरो फिल्टर, टयाँकी, हातधुने बेसिन, शौचालय मर्मत, खानेपानीको श्रोत संरक्षण आदिमा सहयोग भएको प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा पालिका उपाध्यक्ष लेखमणी डागि, प्रमुख प्रशासकीय अधिकृत निम बहादुर के.सि, त्रिवेणी गाउपालिका ७ वटै वडाका वडा अध्यक्षहरु, वडाका प्रतिनिधिहरु,हुरेक नेपाल रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डागि ,वास कार्यक्रम संयोजक हिमकर वली लगायत विभिन्न समुदायका सरोकावालाहरु, पालिकाका विभिन्न शाखाका प्रमुख प्रतिनिधिहरु, युनिसेफ र हुरेकका प्राविधिक तथा प्रशिक्षकहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको सञ्चालन त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्ण बुढा ले गर्नुभएको थियो ।