२०८२ बैशाख ७ गते सोमवार

गुरु जजुर माद्यामिक विद्यालय ईतिहास खोज्दै



४ असोज,तुलसीपुर/ गुरु जजुर माध्यमिक विद्यालयसँग नेपाल रेडक्रस सोसाइटी दाङका सभापति नारायणप्रसाद आचार्य वि.सं. २०२६ सालमा जोडिने मौका पाउनुभएको थियो । मंगलवार विद्यालयमा आयोजित कार्यक्रममा उहाँले पूर्वशिक्षकको तर्फबाट गुरु जजुरसँग जोडिएका आफ्ना केही अनुभवहरु सुनाउनुभयो । २०२६ सालमा आम्बासबाट विद्यालय रक्षाचौरमा सत्य यहाँ पञ्चायत भवन थियो, त्यही भवनको एउटा कोठामा विद्यालय सञ्चालन हुन्थ्यो। तत्कालीन समयमा विद्यालयमा आयस्रोतको बाटो थिएन। समुदायको सहयोगबाट चलाउनुपर्ने अवस्था थियो । मैले पनि केही सहयोग गरौं भन्ने सोचेर ६ महिन निःशुल्क अध्यापन गराएको थिए’ उहाँले भन्नुभयो- ‘त्यसपछि मैले विविध कारणले अध्यापन गराउन छोडे। धेरै साथीहरुले लामो समयसम्म पनि भोलिन्टिएर रूपमै काम गर्नुभएको थियो । कुनै समयमा प्रत्यक्ष जोडिएर मैले पनि विद्यालयको लागि योगदान गर्ने अवसर पाएको थिए। पछिल्लो समय पनि विद्यालयका गतिविधिहरु नजिकबाटै नियालिरहेको छु र मबाट हुन सक्ने सहयोगका लागि प्रत्यक्ष वा अप्रत्यक्षरुपमा सहकार्य गरिरहेको छु । आगामी दिनमा पनि यो कदम जारी रहनेछ । यो खुशीको कुरा हो, विद्यालयले आज धरातल खोज्ने चेष्टा गरेको छ इतिहासको उत्खननमा चासो देखाएको छ ।’
इतिहास खोज्दै जाँदा नयाँ नयाँ कुराहरु भेटिने हुँदा कहिल्यै पूरा नहुने गुरु जजुरका पूर्वविद्यार्थी तथा नेकपा मसालका प्रवक्ता भरत भण्डारीले बताउनुभयो मैले एउटै विषयको इतिहास खोजी गरिएका थुप्रै किताबहरु पढेको छ जहाँ,
हरेक किताब, हरेक लेखकअनुसार फरक फरक ढंगले इतिहासको व्याख्या गरिएको छ । पछिल्लो समय हामीले इतिहासको खोजी र संरक्षणमा चासो देखाउन थालेका छौं। यो राम्रो कुरा पनि हो तर इतिहासको संरक्षण दस्तावेजले मात्र सम्भव हुँदैन। यसका लागि ऐतिहासिक भौतिक संरचनाहरुको संरक्षण पनि आवश्यक छ’- उहाँले भन्नुभयो- ‘२०३१ सालमा मलगायत थुप्रैले त्यो समयमा आफै इंटा पारेर विद्यालयको ठूलो भवन बनाएका थियौं । आज विद्यालय प्रांगणमा ठूला-ठूला पक्की भवनहरु बनेका छन्, त्यो आवश्यकता पनि हो तर हामीले विद्यालयका ती पुराना भौतिक संरचनाहरु जोगाउनेतर्फ ध्यान दिन सकेनौ । ती संरचानहरु पनि त विद्यालयका इतिहास नै हुन् । जो हाम्रा भावी पुस्ताको लागि इतिहास हुने थिए। हाल विद्यालयले दस्तावेज खोज्दैछ, इतिहास खोज्दैछ । यो सम्माजनक छ, प्रशंसायोग्य छ ।’विद्यालयका अक्षयकोषदाता हिरामणि दुःखीले आफू गुरु जजुरसंग २०३४ सालमा जोडिएको अनुभव सुनाउनुभयो । गुरु जजुरको स्थापनाको विषयमा बोल्दै उहाँले भन्नुभयो ‘याँ विद्यालय स्थापनाको विषयमा मैले गरेको अध्ययनअनुसार यसको स्थापना वि.सं. २०१३ सालमा भएको हो । जो हामीले २०११ सालमा स्थापना भएको भन्छौं, त्यो नेरा प्रावि कल्ले राम्रीकोट हो । २०१३ सालमा स्थापना भएको नेरा प्रावि प्रतापकोट स्थानान्तरण भएर रक्षाचौर आएपछि २०१६ सालमा यसको गुरु जजुर नामाकरण गरिएको हो । जसलाई २०२२ सालमा निमावि बनाइयो । यद्यपि विद्यालयले स्थापना साल २०११ साललाई मान्दै आएको छ विद्यार्थीहरूलाई उत्पादनसँग जोड्दैछौं खड़का कार्यक्रममा बोल्दै प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड़काले विद्यार्थीहरुलाई उत्पादनसँग जोड्दै उत्पादित वस्तुको बजारीकरणमा पालिकावाट सहयोग गरिने बताउनुभयो । विद्यालयहरुको शैक्षिक अवस्था सुधारका लागि तीनै
तहका सरकार, अभिभावक, शिक्षकहरुको महत्वपूर्ण भूमिका रहने बताउनुभयो उहाँले गुरु जजुरु माध्यमिक विद्यालयको स्थापनामा परशुराम गुरुङको महत्वपूर्ण देन रहेको भन्दै विद्यालयका लागि श्रम र आफूले प्राप्त गरेको तलबसमेत खर्चिएको बताउनुभयो साथै उहाँले विद्यालयले थालेको इतिहास उत्खननको कार्यले भावी पुस्तालाई गुरु जजुरको इतिहासबारे जान्न सहज हुने धारणा राख्नुभयो ।
तुलसीपुर-४ मा रहेको गुरु जजुर माविले मंगलवार विद्यालयको स्थापना र विकासमा सहयोग पुयाउने संस्थापक, शिक्षाप्रेमी, बुद्धिजीवी तथा यो विद्यालयका ऐतिहासिक परिवेश बुझेका सरोकारवालाहरुसँग अन्तक्रिया तथा सुझाव संकलन कार्यक्रमका सम्पन्न गरेको छ । विद्यालयको इतिहास खोज्नका लागि कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुकुमारी केसीले बताउनुभयो । शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरीप्रसाद गैरेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष तुलसी थापा, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णु आचार्य, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षहरु, सुरेन्द्र खड्का, प्रणवकुमार खड्कालगायतका वक्ताहरुले धारणा राख्नुभएको थियो विव्यस अध्यक्ष लोकमणि पोखेलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहायक प्रधानाध्यापक प्रमोद न्यौपानेले गर्नुभएको थियो कार्यक्रममा विद्यालयका पूर्वप्रत्र, शिक्षक, संस्थापकहरुलाई सम्मान गरिएको थियो । साथै विद्यालयको इतिहास अद्यावधिका लागि समिति गठन गरिएको छ ।

फोटो फिचर

प्रकाशित मिति : २०७९ असोज ५ गते बुधवार