२०८१ बैशाख ७ गते शुक्रवार

३८ विद्यालयका शिक्षकलाई दिइयो : मनोसामाजिक परामर्श तालिम



भदौ ८

युनिसेफ र यू एस आइडिको सहयोग त्रिवेणी गाउँपालिकाको आयोजना मानव अधिकार सचेत केन्द्र (हुरेक) नेपाल रोल्पाको प्राविधिक सहयोगमा सञ्चालित शिक्षा प्रतिकार्य कार्यक्रम अन्तर्गत विद्यालयका शिक्षकहरुका लागि ३ दिने सनोसामाजिक सहयोग तालिम त्रिवेणी गाउँपालिकाको बहुउद्देश्यीय सभाहल जुगार रोल्पामा सञ्चालन भैरहेको छ ।
तालिममा त्रिवेणी गाउँपालिका भरिका ३८ विद्यालयका शिक्षकहरुको सहभागीता रहेको छ ।।
३ दिन सम्म सञ्चालन हुने तालिमको प्रशिक्षकको रुपमा नेर्पा स्वास्थ्य चौकी अनमि मोतिकला केसी रहनुभएको छ । तालिमको मुख्य उदेश्य समुदाय र विद्यालयमा हुने
व्यक्ति र समाज बिच निरन्तर अन्तरक्रिया भइरहन्छ। यदि यो अन्तरक्रियाको परिणाम सकारात्मक रह्यो भने त्यसले एउटा व्यक्तिको व्यक्तित्व विकासमा टेवा पुर्याउँछ तर परिणाम नकारात्मक रह्यो भने विभिन्न समस्याको अवस्था श्रृजना पनि गर्न सक्छ । आफ्नो कुरा बुझिदिने व्यक्तिको कमी, समस्यालाई नकारात्मक सामना गर्ने प्रवृत्ति र पूर्व अवस्था ग्रहण गर्न सक्ने क्षमताको कमि आदिका कारणले मनोसामाजिक समस्याको रुपमा लिन सक्छ।

अत व्यक्तिमा उत्पन्न हुने तनाव वा भावनात्मक अफ्ठेरो नै मनोसामाजिक समस्या हो । जसको असन्तुलनताले विभिन्न शारीरिक, मानसिक र सामाजिक समस्यालाई निम्त्याउँछ र व्यक्तिको जीवन, पेशा, परिवार तथा समाजमा विभिन्न रुपले असर अप्रत्यक्ष वा प्रत्यक्ष पार्छ । यो समस्या जहाँसुकै र जो कोहीलाई पनि हुन सक्छ । कुनै लिङ्ग, उमेर, जातजाति यसले चिन्दैन। निद्रामा झस्कने वा तर्सने, आक्रामक व्यवहार देखाउने, मनमा डर लागिरहने, अरूसँग घुलमिल हुन मन नलाग्ने, लागूपदार्थ दुव्र्यशन, बढी झर्कने आदि केही मनोसामाजिक समस्याहरु यि यस्तै समस्याको समाधान गर्नको लागि तालिमको आयोजना गरिएको हुरेक नेपाल रोल्पाका कार्यक्रम संयोजक धरेन्द्र डागिले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ भाद्र ८ गते बुधवार