
दाङ, ८ भदौ । दाङमा भाद्र ६ गते सोमबार बिहान ११ बजेतिर कर्जाही ड्याममा घोङ्घी टिप्न गएको बेला डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए ।
डुबेर बेपत्ता हुनेमा घोराही उपमहानगरपालिका १७ कर्जाही निवासी ४० वर्षीय अम्मर चौधरी रहेका छन् । चौधरी बेपत्ता भएको खबरसँगै प्रहरीले खोजि कार्या शुरु गरेको थियो । तर ड्याम गहिरो र ५ फिट बढी हिलोसँगै धमिलो पानी हुँदा बेपत्ता चौधरीलाई भेटाउन नसकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले बताउनुभयो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले खोजि कार्य गरिरहेको छ । सामान्य तालिम प्राप्त टोलीले अहिले खोजि गरिरहेकाले पनि चौधरीलाई भेटाउन कठिन भइरहेको छ ।
ड्याम २५ देखि ३५ मिटर गहिरो छ । आज चौधरीका खोजिका लागि बाँकेबाट तालिम प्राप्त गोताखोरको टोली आउँदै छ ।
