
१३-जेठ/ तुलसीपुर उपमहानगरपालिका वडा ३ मा पदभार ग्रहण गरेकै दिन तुलसीपुर-३ ले गर्यो १० युनिट सम्म को खानेपानी को महशुस वडा कार्यलय बाट निसुल्क छुट दिने निर्णय …. हालै सम्पन् स्थानीय निर्वाचनमा बिजय भई यतिबेला धमाधम जनप्रतिनिधिहरु चुनिरहेको र आफ्ना चुनावी घोषणामा भएका कुराहरुलाई पुरा गर्नका लागी तत्पर भईरहेको बेला तुलसीपुर उपमहानगरपालिका वडा नं ३ मा दोस्रो पटक नेकपा एमालेबाट वडा अध्यक्ष चुनिनु भएका वीर बहादुर बि,क ले –हामीलाई विश्वास गरि निर्वाचित गराउन सहयोग गर्ने सम्पूर्ण वडाबासीहरुलाई धन्याबाद दिन चाहन्छौँ ।’ पदभार ग्रहण कार्यक्रममा नवनिर्वाचित वडा सदस्यहरु राजेन्द्र कुमार गुरुङ ,कर्ण बहादुर बुढा ,शान्ता राणा ,डिलमाया नेपाली आजबाट नागरिकको सेवक भएको बताए ।
उहाँको टिमले आज पदभार ग्रहण गरेकै दिन १० युनिट सम्म को खानेपानी छुट दिने निणर्य गरेको छ । तुल्सिपुर ३ का सम्पूर्ण लाई याे सुबिधा दिईने बताउनु भयाे

उहाँहरुका लागी बिशेष गरि यो कार्याक्रम फलदायी हुने भन्दै उक्त निणर्य गरिएको नवनिर्वाचित वडा अध्यक्ष बिर बहादुर बि,क,ले आकाे बर्ष बिधुत छुट गर्ने समेत बताउनु भएकाे थियाे र मतदान गरेर बिजय बनाउनु हुने सम्पुर्ण धन्यवाद समेत दिनु भएका थियाे । उहाँले भन्नुभयो जनताको सेवकको रुपमा बिगतमा राम्रो अनुभव संगालेका हामी सबै पुनः बिकाश निर्माण काम गर्ने बताउनु भयाे
कार्यक्रम शहजिकर बडा सचिवले गर्नु भएकाे थियो
