२०७९ माघ १६ गते सोमवार

तनहुँ जिल्ला अदालतले पल शाहलाई ७ दिन हिरासतमा राखियाे

Yo yo news


नाबालिकामाथि बलात्कारको आरोप लागेका नयाक पल शाहलाई सात दिन न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले म्याद दिएको छ । तनहुँ जिल्ला अदालतले पललाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

७ दिनको समयमा अनुसन्धान नसकिएमा अनुसन्धान गर्ने प्रयोजनका लागि पटकपटक गरी २५ दिनसम्म उनलाई न्यायिक हिरासतमै राख्न सकिन्छ । प्रहरीले अनुसन्धान सकी रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा पठाइसकेपछि सरकारी वकिलले पलविरुद्ध मुद्दा दर्ता गर्नेछ । तर अनुसन्धानका क्रममा पलमाथि मुद्दा दायर गर्नु नपर्ने भएमा भने मुद्दा दर्ता नगरी तामेलीमा राखिदिन पनि सक्नेछ ।

पलविरुद्ध आइतबार मात्रै नवलपुरमा पनि जवरजस्ती करणीको मुद्दा दर्ता भएको थियो । शाह आज आफैँ तनहुँ प्रहरीमा उपस्थित भएर आत्मासमर्पण गरेका थिए ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार