
माघ २८
तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाईन स्थित तुलसी बोर्डिङचोक नजिकै रहेको इरम फुटवेयर जुत्ता चप्पल पसलको गोदाममा गएराती दुई बजेतिर भएको आगलागीमा परेर पाँच जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।
आगलागी हुदा घर भित्र फसेका पाँचजनाको मृत्यु भएको प्रहरीले बताएको छ । उक्त घरमा आगलागी हुदा मृत्यु भएकाहरु शव बाहिर निकाल्न समस्या भईरहेको डिएसपी श्यामु अर्यालले जानकारी दिनुभयो ।
घटनामा बालबालिका सहित पाँचको शव रहेको र बाहिर निकाल्ने प्रयास भईरहेको उहाले जानकारी दिनुभयो । मृतकहरुको सनाखत हुन बाँकी रहेको प्रहरीले बताएको छ । आगो पुर्ण रुपमा नियन्त्रणमा आएको छैन ।अहिले इलाका प्रहरी कार्यालय तुलसीपुर, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय तथा तुलसीपुर र घोराही उपमहानगरपालिकाको दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयास भर्यरहेको डिएसपी अर्यालले जानकारी दिनुभयो । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आंशका गरिएको उहाले बताउनुभयो ।