२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुर महोत्सव कुनै पनि हातलमा रोकिदैन, भ्रममा नपर्नुहोला : घर्ती




तुलसीपुर, २४ मंसिर ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले तुलसीपुरमा लाग्ने महोत्सव कुनै पनि हालतमा नरोकिने बताएका छन् । कोरोनाका तेस्रो भेरियन्ट आएर मुलुकलाई नै असर गर्ने अबस्थामा बाहेक अन्य अबस्थामा महोत्सव नरोकिने भन्दै यसमा भ्रममा नपर्न सबैमा अनुरोध समेत गरेका छन् । महोत्सवको अधिकांस तयारी पूरा भएको भन्दै महोत्सवलाई भब्यताकासाथ सम्पन्न पारिने समेत बताए । साथै महोत्सवलाई विफल बनाउन बिभिन्न टिकाटिप्पनी हुने गरेको भन्दै त्यसता कुराको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् । तुलसीपुर चेम्वर अफ कर्मसको आयोजनामा स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, शहर देखी गाउँ सम्म व्यापार विस्तार भन्ने उद्देश्यका साथ आउदो पुस १ गतेदेखी १२ गते सम्म संचालन हुन लागेको छ ।

प्रकाशित मिति : २०७८ मङ्सिर २४ गते शुक्रवार