२०८१ माघ २४ गते शुक्रवार

प्रधानसेनापति शर्मा आज भारत भ्रमणमा जाँदै



कार्तिक २३।
प्रधानसेनापति प्रभुराम शर्मा भारतको औपचारिक भ्रमणका लागि मङगलबार नयाँ दिल्ली जानुहुने भएको छ ।
भारतका सेनाध्यक्ष एमएम नरवणेको निमन्त्रणामा उहाँ कात्तिक २३ देखि २६ गतेसम्म भारत भ्रमणका लागि जान लाग्नुभएको हो । महारथी शर्मालाई सेनाको एक टुकडीले भ्रमणका लागि आजै बिदाई सम्मान गारतसमेत प्रदान गरिसकेको छ ।


भ्रमणका अवसरमा प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपतिबाट भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मान गर्नुहुने कार्यक्रम छ । उहाँलाई यही कात्तिक २४ गते बुधबार मानार्थ महारथीको सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २०७८ कार्तिक २३ गते मङ्गलवार