२०८० चैत्र १५ गते बिहिवार

तुलसीपुर खानेपानी : अतिआबश्यक काम चलाउन प्रशासनबाट थप अधिकार




तुलसीपुर, १९ असार ।


तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थालाई जिल्ला प्रशासन कार्यालय दाङले थप अधिकार प्रदान गरेको छ । यस अघि कर्मचारीको तलब खुवाउनकालागि कोषाध्यक्ष सिताराम शर्मा र लेखा प्रमुखलाई जिम्मा प्रदान गरेको थियो । तलब खुवाएको लेखाजोखा राख्न भनि उनीहरुलाई अधिकार प्रदान गरिएको हो । त्यसको केही दिन पछि मंगलबार थप अधिकार प्रदान गरेको छ । दैनिक पानीको महसुल वापत संकलन हुने रकमबाट अतिआबश्यक काम सञ्चालन गर्ने गरि अख्तियारी प्रदान गरेको हो । नियमित पानी वितरणकोलागि आबश्यक पर्ने विजुली, टेलिफोन र ईन्धनलगायतका अत्याबश्यक कार्यको अख्तियारी प्रदान गरेको हो ।
अख्तियारी प्रदान गरेपछि आफूहरुलाई निकै सहज हुने कोषाध्यक्ष सिताराम शर्माले बताए ।
यसले दैनिक कार्यकालागि सहज हुने उनको विश्वास छ । खानेपानीलाई चलायमान बनाउनकालागि जिल्ला प्रशासनले सहज बनाएको सदस्य रञ्जनकुमार गौतमले बताए ।

प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार