

असाेज १९ मंगलबार
गत वर्ष ‘महानायक’ पदवीमाथि प्रश्न उठाउँदा कलाकार दीपाश्री निरौला दर्शकको घेराबन्दीमा परिन् । अघिल्लो हप्ता फिल्म ‘डाँडाको बर पीपल’ को गीत सार्वजनिक कार्यक्रममा शोभित बस्नेतले भुवन केसीलाई ‘महानायक’ र भुवन केसीले शिव श्रेष्ठलाई ‘महानायक’ को उपाधि दिन होडबाजी चलेपछि यो विवाद फेरि सहतमा आयो । अहिले फिल्म क्षेत्र यही विवादमा रुमलिएको छ
भुवन केसी राजेश हमाललाई ‘महानायक’ मान्न तयार छैनन् भन्ने कुरा बच्चालाई पनि थाहा छ । उनले घुमाउरो रुपमा यो उपाधिको हकदार आफैंलाई ठान्छन् । उनको एउटै तर्क हुन्छ, ‘फिल्म क्षेत्रमा मैले सबैभन्दा सफल फिल्म दिएको छु ।’ धेरै सफल फिल्म दिएकाले ‘महानायक’ आफू हुनुपर्ने उनको आशय हुने गर्छ । तर, उनलाई यो उपाधिको हकदार ठान्नेको संख्या ज्यादै कम छ ।
प्रकाशित मिति : २०७८ असोज १९ गते मङ्गलवार